उदयपुर।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको अस्थाई प्रहरी पोष्ट नेपालटार उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार ६ किलोग्राम प्रतिबन्धित गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले चेकजाँच गर्नेक्रममा शंकालागि जाँच गर्दा उदयपुरगढी गाउँपालिका वडा नं ०४ तितिरेबोट स्थितबाट ६ के.जी. प्रतिबन्धित लागू औषध गाँजा सहित २ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदपपुरले जनाएको छ ।
सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागू औषध गाँजा सहित सिराहा जिल्लाका लिलादेवी राम र अस्मिता रामलाई पक्राउ गरिएको हो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।











प्रतिक्रिया