सशस्त्र प्रहरीमा १३ डीएसपी एसपीमा बढुवा सिफारिस, ७ दिनभित्र उजुरी दिन सकिने


काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालमा साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी)हरूलाई उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवा सिफारिसको सूचना सार्वजनिक गरेको हो । बढुवा सिफारिस हुनेमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई तथा पङ्कज पौडेल रहेका छन् ।

बढुवा समितिका सदस्य सचिव तथा डीआईजी दीपक अधिकारीद्वारा जारी सूचनाअनुसार माथिल्लो पदमा बढुवा नियुक्तिपछि रिक्त हुन आउने पदमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ ।