उदयपुर ।
मंगलबार उदयपुरको गाईघाटमा उक विशेष कार्यक्रमको आयोजना गरी उदयपुर जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रुपमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले घोषणा गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री लिम्बुले क्षयरोग पोलियो, रुवेला निमोनिया, हेपाटाइटिस बि दादुरा, रुबेला लगायतका खोपहरु विभिन्न १३ प्रकारका खोपहरु निशुल्क दिंदै आएको जानकारी दिंदै बालबालिकाहरुको उपचारमा सरकार गम्भिर भएर लागेको बताए ।

मन्त्री लिम्बुले पूर्णखोप सुनिश्चितता घोषणा गर्नु तोकिएका मापदण्ड पुरा गरेर स्थानीय तहहरुले आ आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चिित गरेपछिमात्र जिल्लाले घोषणा गरेकोले यो काम अत्यन्त प्रशंसनीय रहेको बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवम जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य सचिव एवम् कार्यक्रममा विशिष्ट अतिथि डा. यदुचन्द्र घिमिरेले गाउँ गाउामा रहेका महिला स्वास्थ्य स्वयम सेविकाको सहयोगले यो कार्यक्रम पालकादेखि जिल्लासम्म सफल भएको बताउनु भयो ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरले उदयपुरको जनसंख्या ३लाख ४२ हजार ७९ रहेकोमा ५ हजार १ सय ५० घरधुरी सर्भेक्षण गर्दा ११ महिनासम्मका ३ हजार४सय ९४ कालकालिकाले पूर्णखोप लगाएको, १५ महिनासम्मका ५ हजार १ सय २७ जना बालबालिका भेटिएको, १६ महिनादेखि ५९ महिनासम्मका १५ हजार ५१ जना भेटिएको बताउनु भयो ।
यसैगरी शुन्य खोपका २ जना, जो १५ महिनाभित्रका रहेको र आंशिक खोप लाएका वा खोप छुट भएका र पछि पूर्णखोप लाएका १ सय ३२ जना रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुइटेल, त्रियुगा नगरपालकाकी उपप्रमुख एवम् कार्यबाहक गर प्रमुख महेश्वरी राई , महिला स्वास्थ्य स्वयम सेविका समाज उदयपुरकी अध्यक्ष मनिता श्रेष्ठ, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भट्टराई , नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, गैरसरकारी संस्था महासंघकी अधयक्ष सिर्जना पौडेल, लिम्चुङबुङ याउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कर्णसेर राई लगायतकाले मन्तव्य दिएका थिए ।
खोप सुपर भाइजर तथा सूचना अधिकारी चिरञ्जिवी निरौलाको संचालनमा भएको सो कार्यक्रममा जिल्लाका सबै पालिकाले पूर्ण खोप सुनिश्चिततातथा दिगोपनकालागि पालिकास्तरबाट गरेको सहयोगकालागि प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने सेवा निवृत नरेश श्रीवास्तवलाई पनि सेवामा रहदा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर स्वरुप प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
सो कार्यक्रममा वक्ताहरुले प्रदेश स्वास्थ्य मन्त्री तथा सचिव समक्ष जिल्ला अस्पताल उदयपुरको अवस्थाका बारेमा जानकारी गराउादै आवश्यक सहयोग गर्न र विगतमा अस्पतालले गरेको काम जसरी पुनः काम संचालन गर्न र सेवा विस्तारमा आवश्यक व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।











प्रतिक्रिया