प्रधानन्यायाधीश बनेसँगै सपना मल्ल २० दिन बिदामा


काठमाडौँ ।

सर्वोच्च अदालतमा मनोजकुमार शर्मा ले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मल्लले बुधबारदेखि लागू हुने गरी आफ्नै बिदा स्वीकृत गरेकी हुन्।

यसअघि उमेरहदका कारण प्रकाशमानसिंह राउत अवकाश भएपछि मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि अदालतभित्र मतभेद देखिएको थियो। पदभार ग्रहणसँगै शर्मा बुधबारदेखि इजलासमा पनि बसेका छन्।