काठमाडौं ।
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गए राति एक्कासि आएको भीषण असिना–पानीसहितको बाढीले स्थानीय बस्तीमा व्यापक क्षति पुर्याएको छ । लगातारको वर्षापछि आएको बाढीले घर, गोठ, खेतीयोग्य जमिन तथा स्थानीय सडकमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।
बाढीपछि गाउँभर त्रासको अवस्था सिर्जना भएको छ भने केही परिवार सुरक्षित स्थानतर्फ सरेका छन् । स्थानीय जनप्रतिनिधिका अनुसार बाढीले खेतबारी बगाउनुका साथै ग्रामीण सडक अवरुद्ध बनाएको छ । पशुचौपायासमेत जोखिममा परेको बताइएको छ ।
घटनापछि स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकाय प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन, उद्धार तथा राहतको तयारीमा जुटेका छन् । हालसम्म मानवीय क्षतिको औपचारिक पुष्टि नभए पनि विस्तृत विवरण आउने क्रम जारी रहेको जनाइएको छ । अविरल वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।











प्रतिक्रिया