आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन


काठमाडौं ।

आर्सनल एफ.सी.ले २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी एफ.सी.ले एएफसी बर्नमाउथ सँग १–१ गोलको बराबरी खेलेपछि आर्सनलले अन्तिम खेलअघि नै उपाधि सुनिश्चित गरेको हो।

बर्नमाउथका जुनियर क्रुपीले पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा अर्लिङ हालान्डले बराबरी गोल गर्दै सिटीलाई हारबाट जोगाए। यो नतिजापछि आर्सनल ८२ अंकसहित शीर्ष स्थानमा रहँदा सिटी ७८ अंकमा सीमित भएको छ।