काठमाडौं ।
रुसको राजधानी मस्कोमा आइतबार मध्यरातमा युक्रेनतर्फबाट गरिएको ठूलो ड्रोन हमलामा एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ । हमलामा परी अन्य तीन भारतीय नागरिक घाइते भएका छन्।
रुसस्थित भारतीय दूतावासले घटनाबारे जानकारी सार्वजनिक गर्दै मृतकप्रति गहिरो समवेदना व्यक्त गरेको छ । दूतावासका अनुसार घाइतेहरूको उपचार भइरहेको छ भने स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराइँदैछ।
रुसी अधिकारीहरूले मस्को र आसपासका क्षेत्रमा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको बताएका छन् । हमलापछि केही क्षेत्रमा आगलागी हुनुका साथै सुरक्षा सतर्कता उच्च पारिएको छ।
हालसम्म मृतक भारतीय नागरिकको परिचय सार्वजनिक गरिएको छैन । यद्यपि, भारतीय दूतावासले घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
रुस–युक्रेन युद्ध जारी रहेकै अवस्थामा पछिल्ला महिनाहरूमा मस्कोलक्षित ड्रोन आक्रमण तीव्र बन्दै गएका छन् । उक्त घटनाले विदेशी नागरिकको सुरक्षाप्रति समेत चिन्ता थपिएको छ।











प्रतिक्रिया