सनकाे मूल्य बढ्याे, चाँदी घट्याे


काठमाडौँ।

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आइतबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको थियाे । तर साेमबार चाँदी तोलामा पाँच हजार ४० रूपैयाँमा काराेबार भइरहेको छ। साेही मूल्य आइतबारको तुलनामा प्रतितोला २० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार पाँच सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।