काठमाडौं।
लाटे लभर्स ‘ए’ र सगरमाथाले एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भएको ब्वाइज फाइनलमा लाटेले एयरजो ‘बी’ लाई २१–१५ ले पराजित गरेको हो । विजेता टोलीका महेन्द्र प्याकुरेलले १२ स्कोर गरे ।
गल्र्सको उपाधि भिडन्तमा सगरमाथाले भ्याली पब्लिक ‘ए’ लाई १५–९ ले हरायो । विजेता टोलीकी लोरिशा गौचनले १० अंक जोडिन् ।
दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार हासिल गरे । विजेता÷उपविजेताले एन्जल्स हार्टमा प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति पनि पाउने छन् ।
सहभागी सबैलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाए । इच्छुकले १० दिन भित्र सम्पर्क गर्नु पर्ने छ ।
समग्रमा सगरमाथाकी लोरिशा गौचन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । ब्वाइजमा लाटेका महेन्द्र प्याकुरेल तथा गल्र्समा सगरमाथाकी लाक्षी लामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । दुईदिने प्रतियोगिताको ब्वाइजमा ४० तथा गल्र्समा १४ टिम सहभागी थिए ।











प्रतिक्रिया