काठमाडौँ।
प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा शून्य समयमा बोल्दै उनले यस्ताे माग गरेका हुन् । साेही आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाए । उनले प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन समेत सरकारलाई सचेत गराएका छन् ।
उनले भने, -‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृ्रत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाई सकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरुलाई उपलब्ध गराईसोस भन्ने माग गर्दछु ।’
उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएकोप्रति पनि सांसदहरुको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाई गर्न नहुने बताए ।











प्रतिक्रिया