काठमाडौं।
निर्मला फाउण्डेसनको आयोजनामा बागमती प्रदेश अम्प्युटी फुटसल च्याम्पियनसिपको उपाधि कर्णाली प्रदेशले जितेको छ । काठमाडौंस्थित हाइवे फुटसलमा आयोजित प्रतियोगितामा सर्वाधिक ४ अंक जोड्दै कर्णालीले उपाधि जितेको थियो ।
तीन टोली सहभागिताको उपाधि जितेसँगैं कर्णालीले २५ हजार रुपियाँ प्राप्त ग¥यो । यस्तै, दोस्रो भएको बागमती प्रदेशले १५ हजार र तेस्रो भएको गण्डकी प्रदेशले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा कर्णालीका सुदीप चापागाईं उत्कृष्ट खेलाडी घोषित भए । उनले सर्वाधिक गोलकर्ताको अवार्डसमेत जिते । उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि कर्णालीकै चेतनारायण खनालले प्राप्त गरे । तीनै विधाका विजेताले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताले अम्प्युटी खेलाडीहरूको क्षमता, आत्मविश्वास र खेलप्रतिको समर्पण उजागर गर्दै समावेशी खेलकुद विकासमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ ।











प्रतिक्रिया