लोकप्रिय लोकगायक बमबहादुर कार्कीले पानी संरक्षणको सन्देश बोकेको नया गीत सार्वजनिक गरेका छन्। पानको पातजस्ता लोकप्रिय गायक कार्कीले यसपटक म हु“ पानी सबको जिन्दगानी बोलको गीतमार्फत प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई उठान गरेका छन्। राजधानीमा आयोजित कार्यक्रममा गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ।
गायक कार्कीले गीतमा पानीको महत्व, यसको संरक्षण र मानव अस्तित्वस“गको सम्बन्धलाई मुख्य विषय बनाएका छन्। गीतमा शब्द र संगीत स्वयं कार्कीकै छ भने स्वरमा उनलाई शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले साथ दिएका छन्। संगीत संयोजन बिबि अनुरागीले गरेका छन्। गीतको भिडियोमा लामो समयपछि राजेश हमाल र करिश्मा मानन्धरको जोडी एकसाथ देखिएको छ। भिडियोमा सगुन कार्कीको पनि अभिनय छ।
नेपालका नदी, झरना, पहाड र प्राकृतिक दृश्यलाई समेटिएको भिडियोमार्फत पानी नै जीवन हो भन्ने भाव प्रस्तुत गरिएको छ। देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियो हरि हुमागाईंले छायांकन गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्। गीत गोरखा म्युजिकमार्फत सार्वजनिक गरिएको हो।
गायक कार्कीले पानीको महत्वबारे नयाँ पुस्तालाई सचेत गराउने उद्देश्यले गीत तयार गरिएको बताए। उनले प्रकृति संरक्षणस“गै पानी जोगाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे। अभिनेता हमालले गायक कार्कीको योगदानको चर्चा गर्दै उनको सदाबहार गीत पानको पातले नेपालमा मात्र नभई विश्वभर लोकप्रियता पाएको स्मरण गरे। अभिनेत्री मानन्धरले गीत र भिडियो राम्रो बनेको बताइन्।











प्रतिक्रिया