सीटीईभीटीका उपाध्यक्षको राजीनामा


काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट (सीटीईभीटी) का उपाध्यक्ष मोहम्मद सफिउल्लाहले राजीनामा दिनुभएको छ । नेपाल समाचारपत्रमा ‘हटाउने तयारीमा रहेका उपाध्यक्षले रोकिएको सम्बन्धन दिन दौडधुप’ भन्ने विषयमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएकै दिन उपाध्यक्ष सफिउल्लहाहले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसमक्ष राजीनामा दिनुभएको थियो । राजीनामा दिए पनि उहाँको नाम सीटीईभीटीको वेवसाइटबाट हटेको छैन ।

उच्च स्रोतका अनुसार ‘मलाई तपार्इंहरूले चिन्न सक्नुभएन, अहिले मैले राजीनामा दिएको छु’ –राजीनामा दिएपछि उपाध्यक्ष सफिउल्लाहले भन्नुभएको थियो । उहाँको राजीनामासँगै सीटीईभीटी उपाध्यक्षविहीन भएको छ ।