काठमाडौं ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षमा सुमन नरसिंह राजभण्डारीलाई नियुक्ति गर्ने तयारी भएको छ । कामपाको आज आइतबार बस्ने कार्यपालिकाको बैठकले राजभण्डारीलाई उपाध्यक्ष नियुक्ति गर्ने तयारी भएको छ ।
‘थुपै्रले आकांक्षा गरेका छन्, काम गर्नसक्ने हैसियतमा राजभण्डारीको सम्भावना बढी छ’ – स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । यो विषयमा राजभण्डारीसँग जानकारी लिँदा भन्नुभयो–‘खै मलाई त जानकारी छैन ।’ तर कामपा काबा मेयर सचिवालयले राजभण्डारीलाई उपाध्यक्ष बनाउने लगभग तयारी गरिसकेको छ ।
प्रधानमन्त्री एवं तत्कालीन मेयर बालेन्द्र शाहको कार्यकालमा पनि सहरी योजना आयोगको उपाध्यक्ष हुनुभएका राजभण्डारीलाई मेयर शाह आफैंले हटाउनुभएको थियो । अदालतको आदेशपछि पुनः पदबहाली भई काम गरिरहेका राजभण्डारी तत्कालीन मेयर शाहले राजीनामा दिनासाथ पदमुक्त हुनुभएको थियो । अघिल्ला मेयरको कार्यकालमा महानगरका दर्जनौं गुरुयोजना कार्यान्वयन गर्न सफल राजभण्डारीलाई फेरि सहरी योजना आयोगको उपाध्यक्ष नियुक्ति गर्ने अन्तिम तयारी भइरहेको छ ।











प्रतिक्रिया