काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरेको छ ।
बल्खु र गोठाटारमा विशेष स्मृति कार्यक्रम तथा विचारगोष्ठी आयोजना गरिएको एमालेले जनाएको छ । यस अवसरमा वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर र सामाजिक सेवासम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् ।
भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।











प्रतिक्रिया