‘दह’ उपन्यास लोकार्पण सम्पन्न


काठमाडौँ ।

साहित्यकार ध्रुबकृष्ण ताम्राकार को नवीनतम उपन्यास दह एक समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि उपन्यासकार विष्णु एस राई सहित साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक हरिप्रसाद सिलवाल, कथाकार तथा समालोचक ध्रुब मधिकर्मी लगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए।

कार्यक्रममा वक्ताहरूले उपन्यास प्रेम, पीडा, मिलन–बिछोड र नेपाली समाजको यथार्थलाई समेटिएको कृति भएको बताएका थिए। लेखक ताम्राकारले भने उपन्यास नेपाली जीवनको यथार्थ चित्रण भएको बताए।

कथासंग्रह, कवितासंग्रह, मुक्तक तथा गीतसंग्रह प्रकाशित गरिसकेका ताम्राकारको दह पहिलो उपन्यास हो। पुस्तकलाई अक्षरमार्ग ले बजारमा ल्याएको हो।