एलजी नेपालद्वारा “गेम अन विथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य


काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम “गेम अन विथ एलजी एआई टिभी” अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस अभियानमार्फत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य गुणस्तर, जीवन्त ध्वनि तथा अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिसहित अझ रोमाञ्चक र वास्तविक रूपमा अनुभव गर्न सकिनेछ।

विश्वप्रसिद्ध “एलजी ओएलईडी डिस्प्ले” प्रविधिद्वारा सञ्चालित टेलिभिजनहरूले हरेक गोल, उत्कृष्ट बचाउ तथा उत्सवका क्षणलाई जीवन्त बनाउँदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत एलजीले चयनित टेलिभिजन मोडलहरूमा ४ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराउने घोषणा गरेको छ। यसमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश रहेको कम्पनीले जनाएको छ। यस सुविधाले ग्राहकहरूलाई दीर्घकालसम्म ढुक्कका साथ मनोरञ्जनको अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

ग्राहकलाई टिभी खरिद सहज बनाउन कम्पनीले चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो-कस्ट ईएमआई, आकर्षक एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराएको जनाएको छ। यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४, २०२६) देखि साउन ४ गते (जुलाई १९, २०२६) सम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुनेछ।

कम्पनीका अनुसार उक्त अभियानले फुटबलप्रेमीहरूलाई घरमै अत्याधुनिक प्रविधियुक्त “एलजी एआइ टिभी’ मार्फत खेल हेर्ने अनुभवलाई थप स्तरीय र रोमाञ्चक बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

एलजी इलेक्ट्रोनिक्स गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो। नवीन प्रविधि, ऊर्जा-दक्ष उत्पादन तथा ग्राहककेन्द्रित डिजाइनका लागि परिचित एलजीका उत्पादनहरूमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा अडियो प्रणालीलगायतका विभिन्न समाधानहरू समावेश छन्।

नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ। सीजी कर्प ग्लोबल अन्तर्गत सञ्चालन भइरहेको कम्पनीले चार दशकभन्दा लामो समयदेखि एलजीसँगको साझेदारी कायम राख्दै नेपाली बजारमा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा एलजीलाई स्थापित गर्दै आएको जनाएको छ।