कांग्रेसको आशंका : छानबिन समितिले गुरुङलाई चोख्याउन खोज्दै


काठमाडौं ।

नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङमाथिको छानबिन निष्पक्ष हुनुपर्ने माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

उनले समितिले राजनीतिक प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्नुपर्ने बताएका छन् । व्यापारी दीपक भट्टसँग आर्थिक सम्बन्धको आरोप लागेपछि गुरुङले गत ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले बिहीबार पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।