नख्खु कारागारबाट फरार कैदी बैतडीबाट पक्राउ


काठमाडौँ ।

बैतडी प्रहरीले नख्खु कारागार काठमाडौंबाट फरार भएका एक कैदीलाई पक्राउ गरेको छ। पुर्चौडी नगरपालिका–७ काफलीका नरेन्द्र सिंह रतोकीलाई शुक्रबार बिहान ४ः३० बजे घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। रतोकी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते नख्खु कारागारबाट फरार भएका थिए। उनीमाथि जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको थियो।