काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई आगामी असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ । खेल संघहरूले तोकिएको समयभित्र नवीकरण नगरेमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनायो ।
राखेपको अनुसार खेल संघलाई साढे एक महिना समय दिइएको छ । यदि, यति समय पाएर पनि नवीकरण नगरेमा स्वतः संघहरू खारेजमा पर्ने राखेपले जनायो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गरेकोमा कुनै पनि संघले अहिलेसम्म दर्ता नवीकरण गरेको छैन ।
राखेपको वेवसाइटमा उल्लेख गरिएअनुसार राखेपमा दर्ता भएका ७५ मध्ये ३३ खेल संघले नवीकरण गरेकै छैनन् । जसमा, नेपाल क्रिकेट संघ (क्यान) पनि सामेल छ ।
यस्तै, कबड्डी, ह्यान्डबल, एथ्लेटिक्स, स्की, कराते, पौडी, फेन्सिङ, उसु जस्ता लोकप्रिय खेलका संघहरूले समेत नवीकरण गर्न आनाकानी गरिरहेका छन् ।
नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।











प्रतिक्रिया