काठमाडौँ ।
सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पारित गरेको नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिएको हो।
राजपत्रमा प्रकाशित प्रधानमन्त्री कार्यालयका ४८ कार्यक्षेत्रमध्ये गुप्तचर विभागलाई २८ नम्बरमा समावेश गरिएको छ। यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारले विभागलाई गृह मन्त्रालय मातहत राखेको थियो।
२०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि आलोचना भएको थियो।












प्रतिक्रिया