काठमाडौँ।
नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ क्षेत्रमा दुई दाजुभाइको हत्या गरी खोलामा लुकाइएको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको शव किम्ताङ खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा भेटिएको हो।
घटनाबारे एक व्यक्तिले राति फोनमार्फत आफूले हत्या गरेको दाबी गर्दै स्थानसमेत बताएपछि प्रहरीले खोजी गर्दा शव फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेनको विवादका कारण घटना भएको हुन सक्ने देखिएको छ, तर अनुसन्धान जारी छ।
त्यही व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट एक थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ। हाल फरार रहेका ती व्यक्तिको खोजी भइरहेको छ।
परिवारका अनुसार दाजुभाइ कुलो निर्माणको कामका लागि भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।
शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया