स्मार्ट सेल प्रकरणमा मेगा बैंकका सीईओ पाण्डे पक्राउ


काठमाडौं ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का सीईओ ज्योति प्रकाश पाण्डे लाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार उनलाई वैशाख २९ गते राति सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क बाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।

पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोप छ। उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।