काठमाडौं ।
सभामुख डीपी अर्याल ले प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीको नाम सिफारिस गरेका छन्। संविधानको धारा १०६(१) अनुसार सभामुखको सिफारिसपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ निवासी अधिकारी निजामती सेवामा २४ वर्ष अनुभव भएका उपसचिव पदबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास तथा दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार र आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन्।
हर्कराज राईलाई हटाएर अधिकारीलाई प्रतिनिधिसभा सचिवमा ल्याउन लागिएको हो। उनी विशिष्ट श्रेणीको सचिवसरह सेवा–सुविधा पाउने गरी राष्ट्रपतिसमक्ष सिफारिस भएका छन्।











प्रतिक्रिया