एसईई नतिजा केहीबेरमा सार्वजनिक हुने


काठमाडौँ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा आजै सार्वजनिक हुने भएको । केहिबेर अघिदेखि परीक्षा नियन्त्रण कार्यालयमा बोर्ड बैठक जारी छ। नतिजा आजै सार्वजनिक हुने शिक्षा सचिव चूडामणि पौडेलले जानकारी दिए।

सरकारले एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि पनिकाले तोकेको समयभन्दा एकदिन अघि परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरेको हो । यो वर्ष परीक्षाकेन्द्रमै उत्तरपुस्तिका परीक्षण गरेको थियो भने शिक्षा विकास तथा समन्वय ईकाइ र केन्द्रमै अंक प्रविष्ट गरी पनिकामा पठाइएको थियो । संवेदनशिल केन्द्रको हकमा नजिकको सुरक्षित स्थामा उत्तरपुस्तिका परीक्षण गरेको थियो ।

चैत १९ देखि सञ्चालन भएको एसईई परीक्षा चैत २९ गते सकिएको थियो । यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्याथीले परीक्षा दिएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए । त्यसमा २ लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन् । नियन्त्रक अधिकारीले जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएका छन् ।

बोर्डले दैनिक १२ घण्टा खटेको कारण समयमै एकमहिनामा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको हो । आज सोमबार परीक्षाफल प्रकाशित भए इतिहासमै पहिलो पटक २९ दिनमा भएको रेकर्ड जनाइन्छ ।