एसईई नतिजा कसरी हेर्ने ? परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गर्‍यो वेबसाइट र एसएमएस सेवा सूची


काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डलेले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डले विद्यार्थीहरूले नतिजा सहज रूपमा हेर्न सक्ने विभिन्न माध्यमबारे पनि जानकारी सार्वजनिक गरेको छ।

आइतबार परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसईईको नतिजा वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत प्राप्त गर्न सकिने जनाएको हो।

कार्यालयका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र फोन सेवामार्फत तीन विभिन्न प्लेटफर्मबाट हेर्न सकिनेछ। साथै, १४ वटा वेबसाइटमार्फत पनि नतिजा प्रकाशन गरिने जानकारी दिइएको छ।

एसएमएस र आईभीआरबाट नतिजा कसरी हेर्ने?

विद्यार्थीहरूले तोकिएको सर्टकोडमा आफ्नो सिम्बोल नम्बर पठाएर वा सम्बन्धित नम्बरमा फोन गरेर एसईईको नतिजा थाहा पाउन सक्नेछन्।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
परीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्:

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)


वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू:

इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ। प्रमुख वेबसाइटहरू यस प्रकार छन्:

आधिकारिक सरकारी साइट:https://www.see.gov.np/
https://see.edusanjal.com/