काठमाडौं ।
सरकारले समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था सार्वजनिक गरेका हुन्।
सरकारले सहकारीहरूको कर्जा असुली र सम्पत्ति बिक्रीबाट प्राप्त रकम उक्त कोषमा जम्मा गरी बचत फिर्ताका लागि प्रयोग गर्ने जनाएको छ। यसअघि नै समस्याग्रस्त सहकारीका लागि रिभल्भिङ कोष स्थापना भइसकेको छ, जसमा २५ करोड रुपैयाँ बिऊ पुँजी विनियोजन गरिएको छ।
त्यसैगरी, सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई सुदृढ बनाइने पनि सरकारले घोषणा गरेको छ।











प्रतिक्रिया