-५ बजे बैठक, डेमो सफल भए आजै परीक्षाफल
काठमाडौँ।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सकभर आज प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले अहिले ५ बजे बस्ने बैठकले सो विषयमा निर्णय गर्ने बताउनुभयो । बोर्ड बैठकमा डेमो देखाएर सफल भयो भने रातीसम्ममा प्रकाशित गर्नेछौ–परीक्षा नियन्त्रक अधिकारीले भन्नुभयो । सकभर आजै नभै भोली सम्ममा प्रकाशित गरिसक्नेछौ ।
सरकारले एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि पनिकाले तोकेको समयभन्दा एकदिन अघि परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरेको हो । यो वर्ष परीक्षाकेन्द्रमै उत्तरपुस्तिका परीक्षण गरेको थियो भने शिक्षा विकास तथा समन्वय ईकाइ र केन्द्रमै अंक प्रविष्ट गरी पनिकामा पठाइएको थियो । संवेदनशिल केन्द्रको हकमा नजिकको सुरक्षित स्थामा उत्तरपुस्तिका परीक्षण गरेको थियो ।
चैत १९ देखि सञ्चालन भएको एसईई परीक्षा चैत २९ गते सकिएको थियो । यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्याथीले परीक्षा दिएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए । त्यसमा २ लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन् । नियन्त्रक अधिकारीले जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएका छन् ।
बोर्डले दैनिक १२ घण्टा खटेको कारण समयमै एकमहिनामा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको हो । आज सोमबार परीक्षाफल प्रकाशित भए इतिहासमै पहिलो पटक २९ दिनमा भएको रेकर्ड जनाइन्छ ।











प्रतिक्रिया