काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले लिपुलेक नाकालाई भारतले प्रयोग गरिरहँदा नेपाल सरकार मौन बसेको आरोप लगाएका छन् ।
साम्पाङले भारतले लिपुलेकमा नाका सञ्चालन गरिरहँदा सरकारले किन कूटनीतिक पहल गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन् । उनले हस्ताक्षरबिनाको कूटनीतिक नोटको भरमा सरकार लुकेर बसेको टिप्पणी गरे ।
उनले नेपाली सेनालाई सीमा सुरक्षामा पठाइएको हो कि सुकुम्बासी बस्तीमा पठाइएको हो भन्दै सरकारसँग जवाफ मागे ।
सीमा जोगाउन नसक्ने तर गरिब बस्तीमा सेना परिचालन गरेर आतंक फैलाउने काम भएको आरोप पनि उनले लगाए ।











प्रतिक्रिया