जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन, १० जना नियन्त्रणमा


काठमाडौं ।

ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नजिक जेनजी आन्दोलनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा आयोगतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रदर्शनकारीहरूले “प्रतिवेदन किन लुकायौ ?”, “मानव अधिकार किन चुप ?” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। ललितपुर प्रहरीका एसपी गौतम मिश्रले अवस्था नियन्त्रणका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।