काठमाडौं।
व्यवसायी तथा समाजसेवी रवीन्द्रराज ताम्रकार ‘प्वाःस्या’ ले लेखेको संस्कृति, समाज व व्यवसाय पुस्तक बजारमा आएको छ ।
ताम्रकारका २४ वटा लेखहरुलाई संग्रह गरी सो पुस्तक लहना मिडियाले बजारमा ल्याएको हो। राजधानीमा आयोजित एक समारोहकाबीच सो पुस्तकको लोकार्पण गरिएको थियो। पुस्तकको प्रतिनिधिसभाका सदस्य कुलभक्त शाक्य, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकार, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ र प्रबन्ध सम्पादक सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रुपमा लोकार्पण गरे।

पुस्तकमा नेपालभाषाका १३ र नेपाली भाषाका ११ वटा लेखहरु रहेका छन्।विविध पत्रपत्रिकामा छापिएका ताम्रकार १७ वटा अन्तवार्ता पनि पुस्तकमा छन्।नेपालभाषाका लेखहरुमा विशेषतः ताम्रकार समाजको दुई कार्यकाल अध्यक्ष हु“दा लेखेका लेखहरु छन्।त्यसमा जावलाखेलस्थित श्री उग्रचण्डीमाईको इतिहास, त्यहाँको अभिलेख,ताम्रकार समाजको उद्देश्य र गतिविधि, सामाजिक व्यवहार सुधार, रातो मच्छिन्द्रनाथको जात्रामा मिननाथ, पाटनमा हुने भिमसेन पुजा र गुथि विधेयक विरुद्ध आन्दोलन लगायत विविध विशेषतः सांस्कृतिक विषयका छन्।
नेपालीभाषाका लेखहरु मुख्यतया आर्थिक विकाससंग सम्बन्धित छन्।लेखक ललितपुर उद्योग वाणिज्य संघको विभिन्न जिम्मेवारी रहँदा लेखिएका ती लेखहरुमा तामा पित्तल व्यवसायको चुनौती, निर्यात उद्योग र हस्तकलाको समस्या, सहकारी गरी ललितपुरको आर्थिक विकास र सम्भावनाका विषय रहेका छन्।विविध पत्रपत्रिकामा छापिएका ताम्रकारका अन्तरवार्ता अघिल्लो लेखहरुलाई सन्दर्भ, घटनाक्रमको पृष्ठभूमी र थप स्पष्ट पार्न उपयोगी रहेको छ ।

पुस्तौंदेखि तामापितल व्यवसायमा संलग्न तामकार परिवारका व्यवसायीले व्यापार व्यवसायसंगै सामाजिक, सांस्कृतिक जीवनलाई कसरी सँगसँगै अघि बढाइरहेका छन् भन्ने बुझ्नको लागि सो पुस्तक एउटा आँखी झ्याल हुने पुस्तकमा चर्चा गर्दै समारोहमा वक्ताहरुले भनेका थिए।त्यसमाथि पुस्तकको कभर पृष्ठ पनि व्यवसायी र सांस्कृतिक सम्बन्धको झझल्को दिने खालका छन्। ‘यो पुस्तक सानै देखि लेख्ने, पढ्ने बानीलाई व्यावसायिक जीवनमा, सामाजिक जीवनका दौरान निरन्तरता दिँदाको परिणाम हो ’ ताम्रकारले भने।











प्रतिक्रिया