चार दिनभित्र एसईई नतिजा सार्वजनिक हुने तयारी


काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको चार दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जनाएको छ।

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल ले कुनै प्राविधिक समस्या नआए बैशाख महिनाभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्।

कार्यालयले प्रकाशित सूचनाअनुसार विद्यार्थीहरूले एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए ।