काठमाडौं ।
कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले न्याय प्रणालीलाई कमजोर पार्ने र संवैधानिक प्रक्रियामाथि हस्तक्षेप गर्ने प्रयासप्रति गम्भीर चेतावनी दिएकी छिन्।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कुनै पनि बहानामा न्यायको प्रतिस्थापन गर्ने वा संविधानविपरीत गतिविधिलाई स्वीकार गर्न नहुने बताइन्। उनले यस्तो प्रवृत्तिले न्याय प्रणालीको विश्वसनीयता र संवैधानिक स्थायित्वमाथि खतरा उत्पन्न गर्ने उल्लेख गरिन्।
मल्लले संविधानको मर्म विपरीत गरिने कार्यलाई ‘क्रान्ति वा परिवर्तन’ भनेर व्याख्या गर्न नसकिने स्पष्ट पार्दै संविधान उल्लंघन गर्नेहरूलाई जवाफदेही बनाउनु अपरिहार्य रहेको धारणा राखिन्। उनले न्यायिक स्वतन्त्रता र संवैधानिक मर्यादालाई कमजोर बनाउने कुनै पनि प्रयास सह्य नहुने सन्देश दिएकी छन्।











प्रतिक्रिया