काठमाडौँ ।
नेपाल प्रहरीको सप्तरी जिल्ला प्रहरीले विभिन्न मुद्दामा फरार तथा अनुसन्धानका क्रममा १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा तीन, मुद्रासम्बन्धी कसुरमा दुई, अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका नौ जना पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये केहीमाथि कुटपिट, मोबाइल चोरी, लागुऔषध तथा आपराधिक उपद्रव मुद्दा रहेका छन्।
प्रहरीले पक्राउ परेकामध्ये पाँच जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।











प्रतिक्रिया