दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान


काठमाडौँ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्षमा १ जना र सदस्यमा ४ जना तथा सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशकमा १ जना नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई २०८३ जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको हो। आवश्यक योग्यता, आवेदन फाराम र संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

मन्त्रालयले आवेदन प्रक्रियासम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट https://www.mocit.gov.np/  हेर्न अनुरोध गरेको छ ।