धरानको होटलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ


काठमाडौँ। 

सुनसरीको धरानमा ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक, काभ्रे र झापाका २०, २२ र २८ वर्षीय युवकहरू रहेका छन्।

कोशी प्रदेश प्रहरी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले शुक्रबार राति धरान–९ स्थित रत्न इन होटलको कोठा नम्बर ७ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लागुऔषध कारोबारमा प्रयोग भएको दुई वटा मोटरसाइकल पनि बरामद गरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।