काठमाडौं ।
बाँकेको नेपालगन्जमा प्रहरीले स्रोत नखुलेको करिब ६ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा नरैनापुरतर्फ जाँदै गरेको अटो रिक्सा जाँच गर्दा अवैध भारतीय ५०० र १००० दरका नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र सोही गाउँपालिका–४ का ३८ वर्षीय मुनिव खाँ रहेका छन्। बरामद रकम आन्तरिक राजस्व कार्यालय कोहलपुरमा बुझाइएको छ भने उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, नेपालगन्जमा करिब रु ३ लाख ४६ हजार बराबरको भन्सार छलीका सामान पनि बरामद गरिएको छ। चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरासहित यूपी ४० एस २०७८, भे२प ७५७८ र भे९प ७०६४ नम्बरका मोटरसाइकल समेत नियन्त्रणमा लिइ भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया