विशेष महाधिवेशनपछि थापाको यो पहिलो सुदूरपश्चिम भ्रमण


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज धनगढी जाँदैछन् । नेपाली कांग्रेसद्वारा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ उद्घाटनका लागि उनी बिहान ८ बजेको फ्लाइटमार्फत धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

विशेष महाधिवेशनपछि थापाको यो पहिलो सुदूरपश्चिम भ्रमण हो । भेला दुई दिनसम्म सञ्चालन हुनेछ । भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे यसअघि नै धनगढी पुगिसकेका छन् ।