काठमाडौँ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। तराईका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ।











प्रतिक्रिया