आज तीन संसदीय समितिको बैठक


काठमाडौँ ।

काठमाडौँमा आज तीन वटा संसदीय समितिको बैठक बस्दैछन्। दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचय, हालसम्म भएका कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

यस्तै बिहान साढे १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ। बैठकमा समितिको आन्तरिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधिसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।