काठमाडौं ।
विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस बिहीबार “मानवताका लागि एकबद्ध होऔँ” भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल रेडक्रस सोसाइटीले दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मानव सेवामा समर्पित स्वयंसेवक, कर्मचारी तथा साझेदारहरूको योगदानको प्रशंसा गरेको छ । सन्देशमा रेडक्रस अभियानले विपद्, सङ्कट र मानवीय चुनौतीका समयमा निष्पक्ष, तटस्थ र मानवतामूलक सेवा निरन्तर प्रदान गर्दै आएको उल्लेख गरिएको छ ।
नेपाल रेडक्रसले २०२० सालदेखि देशभर विपद् व्यवस्थापन, उद्धार, राहत, स्वास्थ्य, रक्तसञ्चार, एम्बुलेन्स, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा सेवा दिँदै आएको जनाएको छ । संस्थाका अनुसार हरेक वर्ष ३५ लाखभन्दा बढी नागरिक लाभान्वित हुँदै आएका छन् ।
दिवसका अवसरमा रेडक्रसले मानवीय सेवाकर्मीहरूको सुरक्षा, मानवताको संरक्षण तथा रेडक्रस कानुन निर्माणका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ ।












प्रतिक्रिया