काठमाडौँ ।
काठमाडौँको बयाँ बसपार्क नजिक विष्णुमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने क्रममा शनिबार केही समय अवरोध देखिएको छ।
स्थानीयवासीले जग्गाको लालपुर्जा देखाएपछि डोजर केहीबेर रोकिए पनि आवश्यक छानबिनपछि पुनः घर भत्काउने काम अघि बढाइएको प्रहरीले जनाएको छ।
नदी किनारमै टाँसिएर बनाइएका ती संरचनाहरू अवैध ठहरिएपछि हटाउने अभियान जारी राखिएको हो। यसअघि त्यहाँका केही घरधनीले आफ्नो स्वामित्व पुष्टि गर्ने कागजात रहेको दाबी गरेका थिए।











प्रतिक्रिया