काठमाडौँ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईमा आंशिक बदली छ।
आज दिउँसो कोशी, मधेस तथा अन्य हिमाली–पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहनेछ।











प्रतिक्रिया