पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पोखरा क्षेत्रीय विमानस्थलको निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर गरेको हो।

तीन अर्ब ६२ करोड पाँच लाख बिगो कायम गरी मुद्दा दायर भएको हो।

आयोगले तत्कालीन अर्थसचिव शंकर अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपोने, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डन प्राधिकरणका तत्कालीन पूर्वमहानिर्देशक प्रदीप अधिकारी लगायतविरुद्ध मुद्दा दायर गरेको हो।

पोखरा विमानस्थलको भ्रष्टाचारमा अख्तियारले दायर गरेको यो तेस्रोत मुद्दा हो।