काठमाडौं ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपत्यकाका विभिन्न सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गर्ने भएको छ। समितिकी सभापति समीक्षा बाँस्कोटा नेतृत्वको टोली अनुगमनमा निस्कने तयारीमा रहेको बताइएको छ।
सरकारले अघिल्लो शनिबारदेखि सुकुम्बासी बस्तीमा डोजर चलाएपछि प्रभावित नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा पत्रकारलाई प्रवेश निषेध गरिएको तथा पर्याप्त खाना नदिएको गुनासो बढेपछि समितिले स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो।
समितिको टोलीसँग पत्रकारलाई लैजाने वा नलैजाने विषयमा भने अझै निर्णय भएको छैन। यता, केहीले भने पूर्वसूचना दिएर गरिने अनुगमनले वास्तविक अवस्था बाहिर नआउने भन्दै आलोचना गरेका छन्।











प्रतिक्रिया