इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प


काठमाडौं ।

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुने दाबी गरेका छन् । जर्जियामा आयोजित एक कार्यक्रममा उनले होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयास भइरहेको बताए ।

इरानले अमेरिकी प्रस्तावबारे मध्यस्थकर्तामार्फत जवाफ दिने तयारी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकी प्रस्तावमाथि छलफल भइरहेको बताएका छन् ।

स्रोतहरूका अनुसार अमेरिका र इरान दुवै युद्ध अन्त्यका लागि सम्झौताउन्मुख रहेका छन् ।