काठमाडौं ।
अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानको तयारीमा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन्। शुक्रबार साँझ भएको घटनामा यात्रु तथा चालक दलका कुनै पनि सदस्य घाइते भएका छैनन्।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि विमानस्थलको ट्याक्सीवेमा अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ र फ्लाइट २१५२ का पखेटा एकआपसमा ठोक्किएका हुन्।
घटनालगत्तै दुवै विमानलाई पार्किङ गेटमा फर्काइएको थियो। एयरलाइन्सले प्राविधिक निरीक्षण तथा आवश्यक मर्मतसम्भारका लागि दुवै विमानलाई सेवाबाट हटाएको जनाएको छ। फ्लाइट ६३८ टेक्सासको डलास र फ्लाइट २१५२ सिकागोका लागि उडान भर्ने तयारीमा थिए। दुवै उडानका यात्रुलाई वैकल्पिक विमानमार्फत गन्तव्यमा पुर्याउने व्यवस्था मिलाइएको एयरलाइन्सले जनाएको छ।
एउटा विमानको पखेटाको टुप्पो भाँचियो
सीएनएनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दुर्घटनामा परेका दुवै विमान बोइङ ७३७ सिरिजका हुन्। स्थानीय समयअनुसार साँझ ५ बजेर १० मिनेटमा भएको घटनामा एउटा विमानको पखेटाको बाहिरी भाग (विङलेट) भाँचिएर विमानस्थलमा खसेको थियो।
एयर ट्राफिक कन्ट्रोलसँगको संवादमा एक पाइलटले विमान निर्धारित रोक्ने रेखाभन्दा केही अगाडि पुगेको जानकारी दिएका थिए। घटनापछि अवतरण गर्न लागेको अर्को विमानलाई अवतरण नगरी पुनः आकाशमा फन्को लगाउन निर्देशन दिइएको थियो।
विमानस्थलका कर्मचारीले पखेटाको भाँचिएको भाग हटाएपछि दुवै विमानलाई पार्किङ क्षेत्रमा लगिएको थियो। मेट्रोपोलिटन वासिङ्टन एयरपोर्ट्स अथोरिटीका अग्नि नियन्त्रण तथा उद्धारकर्मीले दुवै विमानको निरीक्षण गरेका थिए।
अमेरिकन एयरलाइन्सले यात्रुलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै यथाशीघ्र गन्तव्यमा पुर्याउने व्यवस्था भइरहेको जनाएको छ। थ्याङ्क्सगिभिङ बिदामा हवाई सुरक्षाप्रति बढ्दो चिन्ता
अमेरिकामा थ्याङ्क्सगिभिङ बिदाका कारण हवाई यात्रुको चाप अत्यधिक बढेका बेला यो घटना भएको हो। अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार यस बिदाको अवधिमा करिब ६० लाख अमेरिकीले आन्तरिक हवाई यात्रा गर्ने अनुमान गरिएको छ।
सन् २०२५ को जनवरीमा पनि यही विमानस्थलनजिक अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।
पछिल्लो घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्ने पुष्टि गरेको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण र विमानमा भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक गरिएको








तपाईंको विचार लेख्नुहोस्