आज संवैधानिक परिषद् बैठक बस्दै


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह ले आज साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन प्रक्रियालाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो।

हालै जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशअनुसार अब परिषद्को बैठक बस्न ६ सदस्य मध्ये ४ जना उपस्थित भए गणपूरक सङ्ख्या पुग्नेछ भने निर्णयका लागि ३ सदस्यको बहुमत पर्याप्त हुनेछ।

हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्य रहेका छन् ।

त्यस्तै, सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको रूपमा परिषद्मा सहभागी हुनेछिन् ।