काठमाडौं ।
नेपालमा धर्म परिवर्तनको विषय फेरि बहसको केन्द्रमा आएको छ । सार्वजनिक रूपमा नदेखिए पनि ‘भूमिगत’ शैलीमा भइरहेको भनिएको धर्मान्तरणका गतिविधिले सामाजिक संरचनामै चुनौती थप्दै पारिवारिक सम्बन्ध र धार्मिक सहिष्णुतामै असर पर्नसक्ने सम्भावना देखिएको छ ।
हालैका केही घटनाले यो प्रवृत्तिको संकेत दिएको छ । एक चर्चित लोकगायकले आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन अस्वीकार गरेको घटनाले उनको परिवार र समुदायमा गहिरो असर पारेको छ । परम्परागत हिन्दु संस्कारमा हुर्किएका उनी बाबुको मृत्युमा किरिया बसे पनि आमाको हकमा त्यसो नगरेपछि सामाजिक रूपमा व्यापक टिकाटिप्पणी भयो ।
यस्तै, मधेस प्रदेशमा एक युवक–युवतीबीचको प्रेम सम्बन्ध विवाहको तयारीकै क्रममा धर्मसम्बन्धी मतभेदका कारण टुटेको घटना पनि सार्वजनिक भएको छ । मधेश प्रदेशका वासिन्दा ललाट र रमिलाको फेसबुकबाट सुरु भएको प्रेम प्रत्यक्ष भेटघाट र शारीरिक सम्पर्कसम्म पुग्यो ।
गत मंसिरमा विवाह गर्ने टुंगोमै पुगिसकेका यी प्रेम जोडीले विवाहअघि नै जनकपुर र लहानका होटेल र रिसोर्टहरूमा हनिमुन मनाए । झा र मिश्र परिवारका ती दुई सनातनी हिन्दु संस्कारकै व्यक्ति हुन् भन्ने सबैलाई लागेको थियो ।
जानकारहरूका अनुसार धर्म परिवर्तन गराउने समूहहरूले प्रत्यक्ष दबाबभन्दा पनि अप्रत्यक्ष प्रभाव, सामाजिक सेवा, शिक्षा र स्वास्थ्यजस्ता माध्यम प्रयोग गर्ने गरिएको छ । यस्तो प्रक्रियालाई ‘स्वेच्छिक निर्णय’का रूपमा प्रस्तुत गरिने हुँदा कानुनी प्रमाण जुटाउन कठिन हुने बताइन्छ ।
तर, मंसिरको विवाहको तयारी क्रममा कात्तिकमा केटीले आफू प्लस टु पढ्दादेखि नै क्रिस्चियन बनेको भन्दै विवाहमा आफूले रातो पहिरन, सिन्दुर–पोते नलगाउने बताएपछि केटो जिल्ल प¥यो । कट्टर हिन्दु परिवारको केटोले बाबुआमालाई सम्झाउन सकेन, सम्बन्ध तोडियो ।
काठमाडौं उपत्यकामा पनि आर्थिक अवस्थासँग जोडिएर धर्म परिवर्तनको लहर चलेको देखिन्छ। केही परिवारमा सन्तानको शिक्षाजस्ता सुविधाका लागि धर्म परिवर्तनको प्रस्ताव आउँदा त्यसले पारिवारिक विवाद निम्त्याउने गरेको उदाहरणहरू भेटिएका छन् । काठमाडौं भोटेचौरकी आमाले छोरालाई राम्रो विद्यालयमा पढाउन आफ्नो पतिलाई धर्म परिवर्तनका लागि मनाउने कोसिस गरेकी थिइन् ।
बौद्धमार्गी ती गरिब दम्पतीबीच यसै विषयलाई लिएर झगडा पनि भयो । धर्म परिवर्तन गरीगरी छोरालाई अंग्रेजी पढाउनु छैन भनेर बाबुले अड्डी लिएपछि आमाले पनि छोरालाई सामुदायिक विद्यालयमा भर्ना गर्न सहमति जनाइन् । तर, थपक्क क्रिस्चियन बनाएर राम्रो स्कुलमा भर्ना गरेको भए, छोराको पढाइ राम्रो हुन्थ्यो, धार्मिक कट्टरताले छोराको भविष्य बिग्रिने भो भनेर बेलाबेलामा आमाले बाबुचाहिँलाई वचन लाउने भने छाडेकी छैनन् ।
यी घटनाहरूले धर्म परिवर्तनको विषय केवल व्यक्तिगत आस्थासँग सीमित नरही सामाजिक र आर्थिक आयामसँग जोडिँदै गएको संकेत गरेको छ । पछिल्लो समय हिन्दु र बौद्ध धर्मका अनुयायीको संख्या घटेको तर इसाइहरूको संख्या बढेको देखिएपछि भूमिगत शैलीमा धर्मान्तरण हुने गरेको संकेत पाइएको छ ।
धर्म परिवर्तन गरेर विकसित मुलुकको सहयोग पाइन्छ वा त्यहाँ गएर सुविधा लिन सकिन्छ भने खासगरी हिन्दु, बौद्ध परिवारका नेपालीहरू क्रिस्चियन बन्न तयार हुनेगरेको घटनाहरू दिन–प्रतिदिन बढ्न थालेको छ । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा हिन्दु धर्मका अनुयायीको संख्या कुल जनसंख्याको ८१.२ प्रतिशत रहेको छ ।
यसरी हेर्दा नेपालमा २ करोड ३७ लाखले हिन्दु धर्म मान्छन् । कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको नेपालमा दोस्रो ठूलो परिमाण बौद्धको छ । उनीहरू ८.२५ प्रतिशतका साथ दोस्रो र ५.१५ प्रतिशतका साथ इस्लाम धर्म मान्नेहरू तेस्रो ठूलो संख्यामा छन् ।
यस्तै, ३.२ प्रतिशत जनसंख्याले किराँत धर्म मान्छन् भने इसाई धर्म १.८ प्रतिशतले मानेको देखिन्छ । यसअघि २०६८ सालमा भएको जनगणना अनुसार हिन्दु, बौद्ध, इस्लाम, किरात र क्रिश्चियन धर्म मान्नेको प्रतिशत क्रमशः ८१.३, ९, ४.४, ३ र १.१४ प्रतिशत रहेको थियो ।
नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । तर, कसैलाई धर्म परिवर्तन गराउन नपाइने स्पष्ट व्यवस्था पनि छ । कानुनी रूपमा जबरजस्ती वा प्रलोभनमार्फत गराइने धर्म परिवर्तन दण्डनीय मानिन्छ । यद्यपि, व्यवहारमा भने यो प्रावधान कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ ।
जानकारहरूका अनुसार धर्म परिवर्तन गराउने समूहहरूले प्रत्यक्ष दबाबभन्दा पनि अप्रत्यक्ष प्रभाव, सामाजिक सेवा, शिक्षा र स्वास्थ्यजस्ता माध्यम प्रयोग गर्ने गरिएको छ । यस्तो प्रक्रियालाई‘स्वेच्छिक निर्णय’का रूपमा प्रस्तुत गरिने हुँदा कानुनी प्रमाण जुटाउन कठिन हुने बताइन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा वैदेशिक सहयोगको भूमिका महत्वपूर्ण छ ।
तर, गैरसरकारी संस्थामार्फत आउने केही सहयोग धार्मिक गतिविधिसँग जोडिने गरेको आरोप पनि बेलाबेलामा उठ्ने गरेको छ । यसले धर्म परिवर्तनमा आर्थिक प्रलोभनको तत्व मिसिएको हुनसक्ने आशंका व्यक्त गरिन्छ ।
२०४६ सालपछि नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएसँगै विभिन्न धार्मिक तथा सांस्कृतिक पहिचानप्रति आकर्षण बढेको देखिन्छ । यसलाई सकारात्मक धार्मिक स्वतन्त्रताको अभ्यासका रूपमा पनि हेरिन्छ । तर, त्यही स्वतन्त्रताको आडमा असन्तुलित हस्तक्षेप भएमा सामाजिक सद्भावमा असर पर्न सक्ने चिन्ता पनि बढ्दै गएको छ ।
विशेषगरी जातीय विभेद, लैङ्गिक असमानता र गरिबीजस्ता संरचनागत समस्यालाई आधार बनाएर धर्म परिवर्तनको अभियान सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ । यदि, यस्ता गतिविधि नियन्त्रणबाहिर गए भने यसले धार्मिक असहिष्णुता र सामाजिक ध्रुवीकरण निम्त्याउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।











प्रतिक्रिया