काठमाडौँ ।
सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्न सरुवा गरिएको जनाएको छ। अन्य सहसचिवहरूको सरुवासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ।











प्रतिक्रिया